तिहारको समापनसँगै सुरु हुने पर्व हो छठ । नेपाल र भारतका हिन्दु धर्मावलम्बीले मनाउने छठ एक महत्वपूर्ण पर्व समेत हो । नेपालमा विशेष गरेर तराई क्षेत्रमा मनाउँदै आइएको यो पर्व हिजोआज पहाड र हिमाली क्षेत्रमा समेत हर्षोल्लासका साथ मनाउन थालिएको छ ।
छठ पर्व विशेषतः सूर्यको अनुष्ठान हो । प्रकृतिमाथि श्रद्धा प्रकट गर्ने हिन्दु सनातनीहरुले तिथिमितिअनुसार विभिन्न कुराको पूजा र श्रद्धा गर्दै आएका छन् ।
छठको अवसरमा तराई तथा विभिन्न बजारमा पुजा तथा सजावटका सामाग्रीहरु किन्ने र बेच्नेको भिड लागेको छ ।









Comments are closed.