काठमाडौं । हाल देशमा पश्चिमी वायूको प्रभावसँगै अरब सागरमा बनेको न्यून चापीय प्रणाली सक्रिय रहेको छ । यसको असरले आज देशका धेरै स्थानमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा साधारणतया आंशिक बदली रहनेछ भने तराईका अधिकांश भागमा पनि आंशिक बदली रहने सम्भावना छ । साथै, उच्च पहाडी र हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने अनुमान गरिएको छ ।
आज राति पनि बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रहरूमा बदली रहनेछ । विशेषगरी गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।
लुम्बिनी प्रदेशसहितका अन्य पहाडी र हिमाली क्षेत्रमा पनि एक–दुई स्थानमा वर्षा वा हिमपातको सम्भावना रहेको बताइएको छ । महाशाखाले आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।








Comments are closed.