उपल्लो मुस्ताङमा हिमपात परेसँगै मुक्तिनाथ यात्रा नगर्न आग्रह

मुस्ताङ । उपल्लो मुस्ताङसहित लोमान्थाङ र मुक्तिनाथ क्षेत्रमा सोमबार बिहानदेखि यस वर्षको पहिलो हिमपात सुरु भएको छ । हिउँका कारण स्थानीय जनजीवन प्रभावित बनेको छ ।

मुक्तिनाथ विकास समितिका अनुसार हालसम्म ५ देखि ६ इन्चसम्म हिउँ जमिसकेको छ। हिमपात निरन्तर जारी रहे २ फिटसम्म जम्ने सम्भावना रहेको समितिले जनाएको छ ।

हिमपातकै कारण कागबेनीदेखि माथि मुक्तिनाथसम्मको यात्रा नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । सडकमा बाक्लो हिउँ जमेका कारण यात्रा जोखिमपूर्ण रहेको प्रहरीले जानकारी दिएको छ ।

You might also like

Comments are closed.