नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक

 काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ८२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ ।

राष्ट्र बैंकले जारी गरेको दरअनुसार, अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ८४ पैसा र बिक्रीदर ९३ रुपैयाँ २४ पैसा तोकिएको छ । त्यस्तै, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ९८ पैसा र बिक्रीदर १०१ रुपैयाँ ४१ पैसा रहेको छ ।

युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ८३ पैसा र बिक्रीदर १६४ रुपैयाँ ५३ पैसा कायम गरिएको छ। युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८६ रुपैयाँ १४ पैसा र बिक्रीदर १८६ रुपैयाँ ९३ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले आवश्यक परेमा विनिमय दर जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।  साथै, वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर केही भिन्न हुन सक्ने र अद्यावधिक दर राष्ट्र बैंकको वेबसाइटमा हेर्न सकिने जानकारी दिएको छ ।

You might also like

Comments are closed.