कहिलेसम्म पर्छ पानी ? यसो भन्छन् मौसमविद्

काठमाडौं । दिनभरी मध्यम वर्षा भएको नेपालमा आज रातिदेखि भारी वर्षा हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार, पछिल्ला २४ घण्टामा ४० मिलिमिटर वर्षा भएको छ ।

मौसमविद् अधिकारीले भने, “५० मिलिमिटर वर्षा पुगेपछि मात्रै भारी वर्षा मानिन्छ, तर आज रातिबाट भारी वर्षा हुने सम्भावना छ।” दिनभरी बाग्मती, कोशी, मधेस प्रदेशमा मध्यम वर्षा भइरहेको छ भने गण्डकी र लुम्बिनीका केही स्थानमा फाटफुट पानी परेको छ । साथै, गण्डकी र बागमती प्रदेशका उच्च हिमाली भेगमा हिमपातसहित वर्षा भइरहेको छ ।

मौसम विज्ञान विभागका अनुसार बुधबारदेखि सुरु भएको वर्षा कात्तिक १५ गतेसम्म रहने सम्भावना छ । विभागले सबैलाई सतर्क रहन र सुरक्षित रहन सुझाव दिएको छ ।

विशेष गरी पदयात्रामा जानेहरूलाई मौसम जानकारी लिएर हिँड्न र धान काट्ने काम बाँकी रहेका किसानलाई पनि मौसमको अवस्था हेरेर मात्र काम गर्न सुझाव दिइएको छ ।

You might also like

Comments are closed.