महाकाली सिँचाइ आयोजनाः १८ वर्षमा नौ अर्ब खर्च भईसक्दा पनि पूरा हुन सकेन

कैलाली। कञ्चनपुर र कैलालीका ३३ हजार ५२० हेक्टर जग्गा सिँचाइ गर्ने लक्ष्यसहित १८ वर्षअघि सुरु गरिएको महाकाली सिँचाइ आयोजना सुस्त गतिमा अगाडि बढिरहेको छ । हालसम्म आयोजना कार्यान्वयनमा करिब रु ९ अर्ब खर्च हुँदा पनि प्रगति २७ प्रतिशत मा सीमित रहेको छ ।

बजेट अभाव, जग्गा मुआब्जा वितरणमा ढिलाइ र वन क्षेत्र व्यवस्थापनमा देखिएको समस्या आयोजनाको मुख्य बाधक बनेका छन् । आयोजनाका सिनियर डिभिजन इन्जिनियर राजेशभक्त पोखरेलका अनुसार, स्थानीय असन्तुष्टि, जग्गा सम्बन्धी विवाद तथा वन क्षेत्र व्यवस्थापनमा जटिलता सिर्जना हुँदा काम प्रभावित भएको हो ।

उनका अनुसार निर्माण कम्पनीसँग रु १ अर्ब ९७ करोड मा भएको सम्झौता अनुसार कैलालीको मालाखेतीसम्म १९ किलोमिटर मूल नहर निर्माण कार्य चार चरणमा जारी छ। हालसम्म ब्रह्मदेवदेखि फुलेलीसम्म २८.८ किलोमिटर नहर निर्माण सम्पन्न भइसकेको छ ।

महाकाली सन्धिअनुसार भारतीय पक्षले टनकपुरदेखि नेपाल–भारत सीमा नजिकैसम्मको १,२०० मिटर नहर निर्माण सम्पन्न गरिसकेको छ। सरकारले आगामी २०७८ सम्म कैलालीको मालाखेतीसम्म नहर निर्माण पूरा गर्ने लक्ष्य राखेको छ ।

You might also like

Comments are closed.