मुग्लिन–नारायणगढ सडकखण्ड पुनः सञ्चालनमा

चितवन । मुग्लिन–नारायणगढ सडकखण्डको तुईन खोलामा माथिबाट ढुंगा झरेर रोकिएको सवारी आवागमन सञ्चालनमा आएको छ । ढुंगा झर्ने क्रम रोकिएपछि मेशिनको प्रयोग गरी पहिरो हटाउने कार्य सुचारु गरिएको सडक डिभिजन भरतपुरले जनाएको छ ।

वर्षात्को समयमा उक्त क्षेत्रमा पहिरोको उच्च जोखिम रहने भएकाले सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न सडक डिभिजनले सवारी चालक र यात्रुहरूलाई आग्रह गरेको छ ।

You might also like

Comments are closed.