काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ । आज सुन प्रतितोला २ लाख ३९ हजार ७०० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार एक तोला सुन सोही मूल्यमा खरिदबिक्री भएको थियो । महासंघका अनुसार आज चाँदीको मूल्य भने सामान्य वृद्धि भएको छ । पाँच रुपैयाँले बढेर एक तोला चाँदीको मूल्य ३ हजार ६० रुपैयाँ पुगेको हो ।
आइतबार एक तोला चाँदी ३ हजार ५५ रुपैयाँमा कारोबार भएको थियो ।








Comments are closed.