आरएसडिसी लघुवित्तको नाफा १९% ले घट्यो

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड (RSDC) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार लघुवित्तको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेखनीय रूपमा घटेको छ ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा संस्थाले २ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको सोही अवधिको २ करोड ६० लाख रुपैयाँको तुलनामा १९.१२% कम हो । खुद ब्याज आम्दानी तथा फि–कमिशन आम्दानी घटेकाले नाफामा गिरावट आएको लघुवित्तले जनाएको छ ।

समीक्षा अवधिमा खुद ब्याज आम्दानी ३०.०४% ले घटेको छ भने फि तथा कमिशन आम्दानी ४१.२८% ले घटेको छ । त्यस्तै, कुल सञ्चालन आम्दानी ३०.६१% ले घटेर सञ्चालन मुनाफा पनि १९.12% ले कमी आएको छ ।

नाफा घटेसँगै लघुवित्तको प्रतिशेयर आम्दानी (EPS) पनि कमजोर भएको छ। असोज मसान्तसम्म EPS २ रुपैयाँ ८९ पैसा घटेर ८ रुपैयाँ १६ पैसा मा झरेको छ । सोही अवधिमा मूल्य–आम्दानी अनुपात (P/E Ratio) ७३.०६ गुणा र प्रतिशेयर नेटवर्थ १२८ रुपैयाँ ४ पैसा रहेको छ ।

पहिलो त्रैमासको अन्त्यसम्ममा संस्थाको वितरणयोग्य मुनाफा ९ करोड ९३ लाख रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी ३८ रुपैयाँ ४३ पैसा रहेको छ ।

हाल संस्थाको चुक्ता पूँजी १ अर्ब ३ करोड ४० लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २८ करोड ९९ लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा लघुवित्तले ५ अर्ब १५ करोड ५७ लाख रुपैयाँ सापटी उठाइ ५ अर्ब ५७ करोड ७० लाख रुपैयाँ कर्जा लगानी गरेको विवरणमा उल्लेख छ ।

You might also like

Comments are closed.