साताको दोस्रो दिन नेप्से घट्दा कारोबार रकम पनि घट्यो

काठमाडौं ।  साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । सोमबार नेप्से ८.२४ अंकले घटेर २६२२.८९ विन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स ०.८३ अंक, फ्लोट इण्डेक्स ०.५६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२२ अंकले घटेको छ।

कारोबार रकम पनि घटेको छ । आइतबार ९ अर्ब २० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको बजारमा सोमबार ३३३ स्टकको ५४,८९२ पटकको कारोबारमा ६ अर्ब ५ करोड २२ लाख २६ हजार रुपैयाँ बराबरको १ करोड २१ लाख ८५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

यस दिन मुक्तिनाथ कृषि कम्पनी र एक्सेल डेभलपमेन्ट बैंकको शेयर सकारात्मक सर्किटमा कारोबार भएको छ । त्यस्तै, नेपाल एसबिआई बैंक ऋणपत्र २०८९ को मूल्य ७.०८ प्रतिशत बढेको छ भने एभरेष्ट बैंक लिमिटेड इनर्जी बण्ड २०८९ को मूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ । इष्टर्न हाइड्रोपावरको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स शीर्ष स्थानमा छ ।  यस दिन सो कम्पनीको ३७ करोड ६८ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।  एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको करिब ३४ करोड र राधी विद्युत कम्पनीको २४.५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

१३ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढेको छ भने १३ उपसमूहको परिसूचक घटेको छ । व्यापार उपसमूह ०.९३ प्रतिशतले बढेको छ भने जलविद्युत र जीवन बीमा उपसमूह १.०५ प्रतिशतले घटेको छ ।

You might also like

Comments are closed.