दोहोरो अंकले ओरालो लाग्यो शेयर बजार

काठमाडौं । शेयर बजार आज ठूलो अंकले घटेर बन्द भएको छ । नेप्से परिसूचक २७.६४ अंकले ओरालो लागेर २,५९५ विन्दुमा पुगेको छ । आज ३३ कम्पनीको शेयर बढ्दा २१३ कम्पनीको घटेको छ ।

३२२ कम्पनीका १ करोड ३ लाख ४३ हजार कित्ता शेयर कारोबार हुँदै कुल ५ अर्ब १५ करोड रुपैयाँको कारोबार भयो । सबैभन्दा धेरै एनआरएन को २७ करोडभन्दा बढीको कारोबार भयो ।

लगानीकर्ताले सबैभन्दा धेरै माबिलुङ इनर्जी बाट कमाई गरे जहाँ ९.९८% ले उछाल आयो। फर्स्ट माइक्रोफाइनान्स ९.२०% र विन्ध्यावासिनी हाइड्रोपावर ६.३८% ले उक्लिए ।

उता, मुक्तिनाथ कृषि का लगानीकर्ताले आज सबैभन्दा धेरै गुमाए, शेयर मूल्य १०% ले घट्यो ।

You might also like

Comments are closed.