काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ । एकै दिनमा सुन प्रतितोला १,१००रुपैयाँले र चाँदी प्रतितोला २५ रुपैयाँले सस्तो भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ३८ हजार ३ सय रुपैयाँ थियो । पछिल्लो केही दिनयता सुनमा निरन्तर मूल्य घट्ने क्रम जारी छ ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला २ हजार ९९० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला ३ हजार १५ रुपैयाँ थियो । बजार विश्लेषकहरूले अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाव र माग घटेपछि स्थानीय बजारमा पनि मूल्य समायोजन भएको बताइरहेका छन् ।



Comments are closed.