काठमाडौं । सामसङले नेपालमा आफ्नो लोकप्रिय Galaxy M सिरिजको नयाँ सदस्य Galaxy M17 5G सार्वजनिक गरेको छ । आकर्षक डिजाइन, दमदार प्रदर्शन र अत्याधुनिक Galaxy AI फिचरहरूसहित आएको यो स्मार्टफोनले आफ्नो सेग्मेन्टमै पहिलोपटक Optical Image Stabilization (OIS) प्रविधि अर्थात् “No Shake Camera” प्रस्तुत गरेको छ ।
यसले प्रयोगकर्तालाई जहाँ भए पनि स्थिर र स्पष्ट फोटो तथा भिडियो लिन सक्षम बनाउँछ, जसले यो फोनलाई सिर्जनशील र गतिशील युवा प्रयोगकर्ताका लागि आदर्श बनाएको छ।
सामसङ इलेक्ट्रोनिक्स नेपालका एमएक्स व्यवसाय निर्देशक प्रणय रत्न स्थापितका अनुसार, Galaxy M17 5G ले AI र प्रिमियम क्यामेरा टेक्नोलोजीलाई अझ व्यापक नेपाली प्रयोगकर्तासम्म पुर्याउने लक्ष्य राखेको छ । उनका अनुसार, “No Shake Camera” र Galaxy AI का सुविधाले दैनिक जीवनलाई अझ सहज, स्मार्ट र रमाइलो बनाउनेछन् ।
Galaxy AI द्वारा सञ्चालित यो स्मार्टफोनमा Circle to Search with Google र Real-time AI Assist जस्ता फिचरहरू समावेश छन्, जसले अन्वेषण, मल्टिटास्किङ र संवादलाई झन सहज बनाउँछन् । ६ न्यानोमिटरको Exynos 1330 प्रोसेसरले उच्च उत्पादकता, गेमिङ र स्ट्रिमिङमा छरितो तथा ऊर्जा-दक्ष प्रदर्शन प्रदान गर्छ ।
मुख्य विशेषताहरूमा 6.7 इन्चको FHD+ Super AMOLED डिस्प्ले, Corning Gorilla Glass Victus सुरक्षा, र IP54 रेटिङद्वारा धूलो तथा पानीबाट संरक्षण समावेश छन् । यी सबैले Galaxy M17 5G लाई साहसिक क्षणहरूका लागि भरपर्दो र टिकाउ साथी बनाउँछन् ।
मूल्यका हिसाबले, Galaxy M17 5G को 4GB/128GB भेरियन्टको मूल्य NPR 25,999 र 6GB/128GB भेरियन्टको मूल्य NPR 27,999 तोकिएको छ । यो नयाँ स्मार्टफोन अहिले नै Samsung Authorized Retail Stores, Samsung Plaza, र प्रमुख e-commerce प्लेटफर्महरूमा उपलब्ध छ । उपभोक्ताहरूले नजिकको सामसङ बिक्री केन्द्र वा अनलाइन स्टोरमार्फत Galaxy M17 5G खरिद गर्न सक्नेछन् ।








Comments are closed.