काठमाडौं । सिएफ मोटो नेपालले सिएफ मोटो मेनेक्क राइड २ को घोषणा गरेको छ । सिएफ मोटोले सिएफ मोटो मेनेक्क राइड १ को सफलता पछि राइड २ घोषणा गरेको हो ।
रोमाञ्चक अफ–रोड यात्राको अनुभवसहित , विशेष रूपमा सिएफ मोटोका उत्साही चालकका लागि एडभेञ्चर राइड आयोजना गरिएको बताइएको छ । एडभेन्चर सेगमेन्टमा छोटो समयमा लोकप्रिय बन्न सफल सिफ मोटोको ४५० एमटी बाइक राइडमा सहभागी हुने छन् ।
ककनी – रानीपौवा – ढिकुरे – नुवाकोट दरबार (अफ–रोड ट्रेल) रुटमा कात्तिक २२ गते शनिबार एडभेन्चर राइड हुनेछ । बिहान ८ बजे शुरु हुने राइड साझँ ५ बजे सम्पन्न हुने छ । को एभरेष्ट बाइकर नेपालले टुर म्यानेजको जिम्मेवारी लिएको छ ।
घना जंगल र उकालो अफ–रोड ट्रेलहरूको रोमाञ्चक यात्रा, लाङटाङ हिमशृंखलाको मनमोहक दृश्य हिलो, घुम्ती र कठिन बाटोहरूको चुनौतीपूर्ण अनुभवसँगै काठमाडौं उपत्यकाको सुन्दर दृश्यावलोकन गर्न सकिने छ । नदी, झरना र गाउँघरतर्फको सौहार्दपूर्ण यात्राका साथै स्थानीय आतिथ्य र जैविक भोजनको स्वाद पनि लिन पाइने छ ।

अनुभवी मार्शल र ट्रिप गाइडका साथमा हुने सो राइडयात्राको क्रममा आवस्यकता अनुशार मेकानिकल सहयोग पनि उपलब्ध हुने छ ।
एडभेन्चर राइडले सिएफ मोटो कम्युनिटी र सिएफमोटो नेपालबीचको सम्बन्ध बलियो बनाउने, जिम्मेवार एडभेञ्चर राइडिङको प्रवर्द्धन गर्ने, र नेपालका विविध प्राकृतिक तथा सांस्कृतिक सौन्दर्य अन्वेषण गर्ने अवसर प्रदान गर्ने लक्ष्य राखेको बताइएको छ ।
एडभेन्चर सेगमेन्टमा छोटो समयमा लोकप्रिय बन्न सफल सिफ मोटोको ४५० एमटी बाइक गत साल नाडा अटो सो मा लन्च गरिएको थियो । यस मोडलले सिएफ मोटो प्रतिको विश्वास झनै बढाएको छ ।









Comments are closed.