काठमाडौं । हुन्डाई नेपालले “Upgrade to the Perfect EV” नयाँ अभियान सुरु गरेको छ, जसअन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो गाडी साटेर नयाँ हुन्डाई Creta EV घर लैजान सक्ने अवसर पाउँछन्। यो अफर कात्तिक २१ गते शुक्रबारदेखि नेपालभर रहेका सबै हुन्डाई शो–रूममा शुरु भएको छ ।
हुन्डाई Creta EV मा हुन्डाईको अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन र दमदार प्रदर्शनको संयोजन पाइन्छ, जसले विद्युतीय गाडीमा रूपान्तरण गर्न चाहनेका लागि यो एक उत्कृष्ट विकल्प बनाउँछ। प्रत्येक खरिदसँगै ६ वर्षको फ्री सर्भिस र ३ वर्षको वारन्टी उपलब्ध छ, जसले ग्राहकलाई निश्चिन्तता प्रदान गर्छ।
यस अफर अन्तर्गत, ग्राहकले १ लाख रुपैयाँ सम्मको एक्सचेञ्ज बोनस, ७५ हजार रुपैयाँको विशेष छुट, र २५ हजार रुपैयाँको लोयल्टी बोनस प्राप्त गर्न सक्नेछन्। साथै, यस अफरमा १ वर्षको कम्प्रिहेन्सिभ इन्स्योरेन्सर रोड ट्याक्स पनि समावेश गरिएको छ, जसले हुन्डाई Creta EV खरिदलाई अझ सुविधाजनक बनाउँछ।
हुन्डाई Creta EV ले एकपटक चार्जमा ३९० किलोमिटर ड्राइभिङ रेञ्ज र २०० मिमी ग्राउण्ड क्लियरेन्स प्रदान गर्छ, जसले नेपाली सडकमा पनि सहज र आत्मविश्वासपूर्ण ड्राइभिङ सुनिश्चित गर्छ।
यो सीमित अवधिको अफरले विद्युतीय गाडीमा स्विच गर्ने योजना बनाइरहेका सबैका लागि एक उत्कृष्ट अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ ।








Comments are closed.