भरतपुर । चितवन अटोमोबाइल एसोसिएनको अध्यक्षमा मोहन केसी निर्वाचित भएका छन् ।
शनिबार सम्पन्न १३औं अधिवेशनबाट अध्यक्षमा मोहन केसी निर्वाचित भएका हुन् । प्रतिस्पर्धी राजेन्द्र भट्टराईलाई पराजीत गर्दै केसी अध्यक्षमा निर्वाचित भएका हुन् ।
अध्यक्षमा निर्वाचित भएपछि केसीले अटोमोबाइल क्षेत्रको विकासमा र एसोसिएसनका सदस्यहरुको हकहितमा सक्रियताका साथ काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
आफूलाई अध्यक्षमा निर्वाचित गराउने सम्पूर्ण सदस्यप्रति उनले आभार व्यक्त गरेका छन् ।








Comments are closed.