पोखरा । पर्यटकीय शहर पोखरालाई केन्द्रीय कार्यालय बनाएको टाइम्स एजुकेशनल कन्सल्टेन्सी अब लुम्बिनी प्रदेशको बुटवलबाट पनि विदेशी शिक्षासम्बन्धी सेवा प्रदान गर्ने भएको छ । अष्ट्रेलिया, वेलायत, अमेरिका, फ्रान्सलगायत प्रतिष्ठित विश्वविद्यालयमा अध्ययनका लागि नेपाली विद्यार्थीलाई परामर्श तथा सहजीकरण गर्दै आएको टाइम्सले यसअघि काठमाडौंमा समेत सेवा विस्तार गरिसकेको छ ।
दोस्रो शाखाको रूपमा बुटवलको ट्राफिक चोकबाट छिट्टै सेवा सञ्चालन हुने कन्सल्टेन्सीका सञ्चालक प्रेम सुवेदीले जानकारी दिए । बुटवल तथा आसपासका क्षेत्रमा विदेशमा उच्च शिक्षाको तयारी गरिरहेका विद्यार्थीलाई सहज पहुँच र गुणस्तरीय सेवा प्रदान गर्न शाखा विस्तार गरिएको उनले बताए ।
बुटवल शाखाबाट अन्य शाखाहरूमा जस्तै IELTS, PTE र फ्रेन्च भाषाका क्लासहरू सञ्चालन गरिनेछ । शाखा उद्घाटनको अवसरमा पहिलो हप्तामा भर्ना हुने विद्यार्थीलाई यी सबै कक्षाहरू निःशुल्क उपलब्ध गराइने सुवेदीले जनाए । बुटवल शाखाका व्यवस्थापक विशाल बरालका अनुसार विभिन्न देशमा अध्ययनका लागि इच्छुक विद्यार्थीलाई शैक्षिक परामर्श, आवश्यक सूचना तथा भर्ना प्रक्रिया सजिलो बनाइनेछ । विद्यार्थीको आवश्यकता, योग्यता र रुचिअनुसार परामर्श प्रदान गरिने र स्थानीय विद्यार्थीलाई अझ सहजता प्रदान गर्न कन्सल्टेन्सी सञ्चालनमा ल्याइएको उनले बताए ।
संचालक सुवेदीका अनुसार टाइम्सले विदेश अध्ययन पश्चात विद्यार्थीलाई शिक्षा, सीप र अनुभवसहित नेपाल फर्कन प्रोत्साहित गर्ने अभियान पनि सञ्चालन गरिरहेको छ । धेरै विद्यार्थी पर्याप्त जानकारीबिना ‘लहैलहै’मा विदेश जाने प्रवृत्तिले कठिनाइ झेल्नु पर्ने अवस्था देखिएकाले पूरा प्रक्रिया बुझेर मात्रै विदेश जाने संस्कृतिलाई प्रोत्साहन दिनुपर्ने आवश्यकता व्यवस्थापक बरालले बताए । अभिभावकले पनि समग्र प्रक्रियाबारे जानकारी लिनु अत्यावश्यक रहेको उनको धारणा छ। बुटवल शाखाबाट सेवा आगामी हप्तादेखि औपचारिक रूपमा सुरु हुनेछ ।







Comments are closed.