पोखरा । पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएसन (वाडा) पोखराले यातायात व्यवस्था कार्यालय पोखरालाई सवारी दर्ता फाइल सहयोग गरेको छ। यातायात व्यावस्था कार्यालय पोखरालाई आईतबार एक कार्यक्रमबीच वाडाले फाइल हस्तान्तरण गरेको हो ।
१ लाख ३० हजार रुपैयाँ बराबरको ६५ थान सवारी दर्ता फाइल हस्तान्तरण गरिएको वाडाले जनाएको छ । वाडाका अध्यक्ष दीपेन्द्र कोइरालाले कार्यालय प्रमुख ढाका प्रसाद शर्मालाई फाइल हस्तान्तरण गरे । कार्यालयमा काम गर्न तथा सेवाग्राहीलाई सहज होस भनेर सवारी दर्ता फाइल हस्तान्तरण गरिएको अध्यक्ष कोइरालाले बताए ।
गत भदौमा भएको जेनजी आन्दोलनमा आगजनीका कारण यातायात व्यवस्था कार्यालय पोखरा ध्वस्त भएको थियो । यी फाइलहरुले कार्यालयलाई नियमित काम गर्न थोरै भएपनि सजिलो हुने अध्यक्ष कोइरालाले विश्वास व्यक्त गरे ।
वाडाले सामाजिक क्षेत्रमा विविध गतिविधि गर्दै आइरहेको छ ।








Comments are closed.