नेपाल बैंक र दराजबीच भुक्तानी सेवा सम्झौता 

काठमाडौं ।  नेपाल बैंक लिमिटेड र दराजबीच भुक्तानी सेवा सम्झौता भएको छ । बैंकमा खाता रहेका ग्राहकलाई अनलाईन पोर्टलमार्फत सामान खरीद गर्दा छुट प्रदान गर्ने सम्झौता भएको हो ।
कार्तिक २५ गतेदेखि  मंसिर ६ गतेसम्म लागू हुने उक्त सम्झौतामा बैंकको तर्फबाट निमित्त सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र राज काफ्ले र दराजको तर्फबाट प्रोजेक्ट लिड-डिजिटल पेमेन्ट तथा फाईनान्स सर्भिसेस रिशव थापाले हस्ताक्षर गरेका छन् । बैंकले निरन्तर नविनतामा जोड दिंदै आएको र डिजिटल ग्राहकको संलग्नता बढाउनको लागी आफ्ना ग्राहकलाई छुट प्रदान गर्न ई–कमर्स प्लेटफर्मसंगको साझेदारीलाई निरन्तरता दिएको छ ।
नेपाल बैंकमा खाता रहेका ग्राहकले दराज मार्फत अनलाइन सामान खरिद गर्दा डेबिट कार्डको माध्यम मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५% वा रु १,५०० सम्मको छुट र क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम २०% वा रु २,००० सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
 छुट प्राप्त गर्नको लागि ग्राहकहरुले उक्त कार्डमा बैंकको कुनै पनि शाखा मार्फत इ–कमर्स एक्टिभ गर्नु पर्नेछ । बैंकले ग्राहकलाई आफ्नो कार्डमा इ–कमर्स एक्टिभ गर्न र क्रेडिट कार्डको लागि आवेदन दिन समेत आग्रह गरेको छ ।
You might also like

Comments are closed.