ज्वागलमा मेगा स्माइल डेन्टलको शाखा संचालन

काठमाडौं । ललितपुर महानगरपालिका १० कुपण्डोलको ज्वागलमा मेगा स्माइल डेन्टलको शाखा संचालनमा आएको छ । मंगलबार एक कार्यक्रमका ललितपुर महानगरपालिका १० का वडा अध्यक्ष रबिनमान व्यञ्जनकारले डेण्टलको उद्घाटन गरेका हुन् ।

शाखा संचालनको अवसरमा विभिन्न दन्त सेवामा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको संचालक डा. विकुन विष्टले जानकारी दिए । उनका अनुसार डेण्टलमा सेवा लिदाँ १५ दिनसम्म छुट पाइनेछ ।

अत्याधुनिक प्रविधि तथा मेसिनको प्रयोग गरि दाँत जरैदेखि भर्ने, दाँत निकाल्ने, दाँत सफा गर्ने, दाँतमा डाइमण्ड राख्ने लगायत दाँतसम्वन्धी सम्पुर्ण सेवा दिइने डा. बिष्टले बताए ।

डेण्टलमा बिहान ९ बजेदेखि साझँ ७ बजेसम्म सेवा प्रवाह हुनेछ भने आकस्मिक अवस्थामा विरामीले सिधै डाक्टरसँग परामर्श  तथा सेवा लिन पाउने छन् ।

 

 

You might also like

Comments are closed.