काठमाडौं । एमएडब्लू वृद्धिले फोटोन कमर्शियल भेहिकल्सका लागि प्रदान गरिने ‘पायोनियर इन न्यू एनर्जी प्रोमोशन अवार्ड’ प्राप्त गरेको छ। यो सम्मान बेइजिङमा सम्पन्न फोटोन ग्लोबल कन्फरेन्स २०२६ मा प्रदान गरिएको हो।
१४० भन्दा बढी देशको सहभागिता रहेको कर्यक्रममा प्राप्त यो अवार्ड नेपालका लागि गर्वको विषय बनेको छ। फोटोनको लागि नेपाल विश्वव्यापी रूपमा प्रमुख ईभी बजारमध्ये एक रहेको र अहिले नेपालको कमर्शियल इभी क्षेत्रमा फोटोन दोस्रो स्थानमा पुगिसकेको कम्पनीले जनाएको छ ।
फोटोन मोटरका उपाध्यक्ष किन झिडोङ्गले प्रदान गरेको यो अवार्ड एमएडब्लू वृद्धिका म्यानेजिङ डायरेक्टर विवेक सिकरियाले ग्रहण गरेका थिए।
फोटोन ग्लोबल पार्टनर्स कन्फरेन्स २०२६ नोभेम्बर ६ देखि १० सम्म बेइजिङ्गमा भएको थियो । ‘अ शेयर्ड भिजनस् टु बी अ वर्ल्ड-क्लास कमर्सियल भेहिकल इन्टरप्राइज’ भन्ने विषयवस्तुका साथ आयोजित यस कार्यक्रममा १४० भन्दा बढी देशका २,००० भन्दा धेरै साझेदारको सहभागिता थियो। कार्यक्रममा ११० अत्याधुनिक कमर्शियल भेहिकल्स प्रदर्शन गरिएका थिए र उद्योगको भविष्यलाई अघि बढाउने नवीनतम प्रविधि र अभिवृद्धि योजनाहरू पनि प्रस्तुत गरिएको थियो।
एमएडब्लू वृद्धि कमर्शियल नेपालमा व्यवसायिक सवारीसाधनको एक प्रमुख आपूर्तिकर्ता हो र राम्रा र सहज प्रकारका यातायात समाधानको विकास र आपूर्तिका लागि प्रतिबद्ध रहेको बताइएको छ । । कम्पनी फोटोन सवारीसाधनको अधिकृत डिस्ट्रीब्युटर हो र ग्राहक आवश्यकता पूरा गर्न विश्वसनीयता, प्रदर्शन र सन्तुष्टिमा विशेष जोड दिदै आएको छ । एमएडब्लू वृद्धि कमर्शियलले व्यवसायिक ग्राहकहरूलाई उच्च गुणस्तरका सवारीसाधन र विश्वस्तरिय आफ्टर-सेल्स सर्भिस प्रदान गर्न देशभर शोरूम र सर्भिस सेन्टरहरूको सञ्जाल विस्तार गरिरहेको छ।
नेपालमा फोटोनको सफलतामा योगदान गर्ने सबै कर्मचारी, साझेदार र सहयोगीलाई कम्पनीले आभार व्यक्त गरेको छ ।








Comments are closed.