काठमाडौं । काठमाडौं जेसिज र जापानको योनागो जेसिजबीच भगिनी सम्बन्ध स्थापनाको ५० वर्ष पुरा भएको छ । सम्बन्ध स्थापनाको ५० वर्षको अवसरमा आज काठमाडौंमा विशेष कार्यक्रम हुने भएको छ ।
काठमाडौं जेसिजका अध्यक्ष श्याम कुमार घिमिरेका अनुसार काठमाडौंको यल्लो प्यागोडा होटलमा हस्ताक्षर समारोहसहित विशेष सेलिब्रेसन कार्यक्रम हुँदैछ । जापानको योनागो जेसिजका अध्यक्षसहित प्रतिनिधि र नेपालका जेसिजहरुको भव्य उपस्थितिबीच कार्यक्रम हुने घिमिरेले जानकारी दिए ।
‘भगिनी सम्बन्ध स्थापनाको ५० वर्ष पुरा हुनु हाम्रो लागि गौरवको विषय हो,’ उनले भने, ‘हामीले ५० वर्षे सम्बन्धलाई आगामी दिनमा अझै प्रगाढ बढाउने प्रतिबद्धता गर्दैछौं ।








Comments are closed.