ललितपुर । ललितपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले सक्रिय पत्रकार निराज रानाभाटलाई सम्मानित गरेको छ । ललितपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको ‘ २८ औं स्थापना दिवस ’ पारेर ‘ रजत जयन्ती ’ मनाउनुका साथै भव्य रुपमा संघले रानाभाटलाई सम्मान गरेको हो । स्थापनादेखि अहिलेसम्म गरेको महत्वपूर्ण कार्यहरु, ललितपुर जिल्लामा दुग्ध क्षेत्रमा भएका महत्वपूर्ण गतिविधिहरु, दुग्धसँग सम्बन्धित विभिन्न ज्ञादवर्दक सामग्री समेटेको ‘ स्मारिका पुस्तक प्रकाशन, दुग्धजन्य पदार्थ एवं प्रविधि प्रर्दशनी तथा दुग्ध क्षेत्रका समस्या र विकास सम्बन्धी अन्तरक्रिया कार्यक्रम ’मा प्रचारप्रसार गरेर सहयोग पुर्याएको योगदानको पुर्याएकोले सम्मान गरिएको हो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि तथा वाग्मती प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका मन्त्री मधुसूदन पौडेलले निराज रानाभाटलाई टीका, दोसल्ला, नगद तथा सम्मान पत्र प्रदान गरेका हुन् । संघले पत्रकार रानाभाटसहित संघका पूर्व अध्यक्ष, पूर्व कर्मचारी तथा ललितपुर जिल्लाको ६ वटै स्थानीय निकायका १ १ जना किसानलाई पनि सम्मान गरेको थियो । सम्मानित पत्रकार निराज रानाभाटले सम्मान गरिदिएकोमा संघलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनहरुमा पनि प्रचारप्रसार र प्रवर्द्धनमा सक्रिय रहिरहने प्रतिवद्धता जनाए ।
रानाभाटले विभिन्न जिल्लामा रहेका विद्यालय, विभिन्न संघ संस्था साथै अशक्त व्यक्तिहरुको लागि आर्थिक सहयोग समेत गर्दै आइहरेका छन् । त्यस्तै, रानाभाटले मरणोपरान्त अंगदान, आँखा दान र छाला दान गर्ने भनेर वि।सं। २०७६ सालमा भक्तपुरको शहीद भक्तधर्म राष्ट्रिय मानवअंग प्रत्यारोपण केन्द्रमा पुगेर मृत्युपछि अंग प्रत्यारोपण गर्ने मञ्जुरीनामा पत्रमा हस्ताक्षर, काठमाडौंको तिलगंगा आँखा प्रतिष्ठानमा पुगेर आँखा दान गर्ने घोषणा तथा काठमाडौंको कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालमा पुगेर मृत्युपछि छाला प्रत्यारोपण गर्ने मञ्जुरीनामा पत्रमा हस्ताक्षर गरेका छन् । रानाभाट विगत १ दशकदेखि कृषि, आर्थिक, शिक्षा, स्वास्थ्य, खेलकुद मनोरञ्जनलगायतका क्षेत्रमा कलम चलाइरहेका छन् ।








Comments are closed.