नेपाल विद्युतीय व्यवसायी महासंघको अध्यक्षमा दिलीप अग्रवाल

काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासंघको अध्यक्षमा दिलिप अग्रवाल निर्वाचित भएका छन् । शनिबार सम्पन्न १६औं वार्षिक साधारणसभा एवं छैठौं महाधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

महासंघको प्रथम उपाध्यक्षमा गोपाल अग्रवाल, द्वितीय उपाध्यक्षमा लेखनाथ सापकोटा, तृतीय उपाध्यक्षमा प्रकाश पाण्डे, महासचिवमा महासचिव शंकर देवकोटा, कोषाध्यक्षमा राजेश गौतम, सचिवमा लोकनाथ पोखरेल, सह–कोषाध्यक्षमा शंकर पोखरेल निर्वाचित भएका छन् ।

वाग्मती प्रदेश संयोजकमा दिवेश कुमार जैन, कोशी प्रदेश संयोजकमा चन्द्रमणि देवकोटा, मधेश प्रदेश संयोजकमा प्रेम कुमार ठाकुर, लुम्बिनी प्रदेश संयोजकमा दीपक पौडेल निर्वाचित भएका छन् ।

त्यसैगरी एसोसिएट सदस्यमा पवन अग्रवाल र बिकी अग्रवान निर्वाचित भएका छन् । सदस्यमा डोलराम न्यौपाने, सुजन अधिकारी, राजेन्द्र पौडेल, सरोज रेग्मी, कृष्ण प्रसाद कुइँकेल, प्रभाकर पुरी र ओम चालिसी निर्वाचित भएका छन् ।

You might also like

Comments are closed.