जेसिआई काठमाडौं र योनागोबीच ५० वर्ष पूरा, गोल्डेन जुबिली कार्यक्रम सम्पन्न

काठमाडौं । जेसिआई काठमाडौं र जेसिआई योनागोबीचको सम्बन्ध ५० वर्ष पूरा भएको छ । यो दुई देशबीचको भगिनी सम्बन्धको ५० औं वर्षको अवसरमा आयोजना गरिएको गोल्डेन जुबिली कार्यक्रम सम्पन्न भएको छ ।

१९७५ देखि सुरु भएको दुवै अध्यायबीचको मित्रता, सेवा, नेतृत्व र अन्तर्राष्ट्रिय सहकार्यका पाँच दशकलाई उत्साहपूर्वक मनाइएको उक्त कार्यक्रममा जेसिआई काठमाडौंका अध्यक्ष अध्यक्ष श्याम कुमार घिमिरे, पूर्व अध्यक्ष गजेन्द्र बहादुर श्रेष्ठ, अञ्जिला खड्का, अजय स्थापित तथा जेसीआई योनाङगेका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमका वक्ताहरूले वैकल्पिक वर्षमा सञ्चालन हुँदै आएको नेतृत्व तथा व्यक्तित्व विकास, व्यवसायिक नेटवर्किङ, सांस्कृतिक आदान–प्रदान, तथा ह्विलचेयर वितरणदेखि समुदाय तालिम, विपद् सहयोग, तारकेश्वर–६ मा धर्म बिद्या सदन विद्यालय निर्माण तथा वीरगञ्जको गन्टाघर निर्माणजस्ता सयुक्त सामाजिक परियोजनाले सम्बन्धलाई अझ सशक्त बनाएको उल्लेख गरे ।

मिस टिन जस्ता गतिविधिमार्फत युवती सशक्तीकरण र नेतृत्व विकासमा जेसिआई काठमाडोैको योगदानको पनि प्रशंसा गर्दै दुवै अध्यायले करुणा, सहकार्य र साझा उद्देश्यका साथ नयाँ पुस्तालाई प्रेरित गर्ने प्रतिवद्धता व्यक्त गरे । पाँच दशकको विश्वास, मैत्री र मानवीय सेवाले समृद्ध यो बहिनी सम्बन्ध भविष्यमा पनि सीमा नाघेर नेपाल–जापानबीचको सहकार्य र समुदाय विकासलाई अझ मजबुत बनाउँदै लैजाने विश्वास व्यक्त गर्दै कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको थियो ।

You might also like

Comments are closed.