काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्न लागेको लाभांश सार्वजनिक गरेको छ । बैंकले हाल कायम चुक्ता पूँजीको कुल १०.३५८३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
घोषित लाभांशमध्ये ५ प्रतिशत बोनस शेयर रहेका छन् भने ५.३५८३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) शेयरधनीलाई वितरण गरिनेछ ।
कात्तिक २८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव पारित गर्ने निर्णय गरेको हो ।
बैंकले प्रस्ताव गरेको लाभांश दरलाई नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि शेयरधनीले पाउनेछन् ।
लाभांश प्रस्ताव स्वीकृत भएमा यसले बैंकको पूँजी वृद्धि तथा शेयरधनीको प्रतिफल दुवैमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।








Comments are closed.