काठमाडौं । बिवाइडीले ग्राहकहरूका लागि आकर्षक अफर सहित ‘कार एक्सचेन्ज मेला’ आयोजना गर्ने भएको छ । यो एक्सचेन्ज मेला मंसिर ३ गते सुरु भई मंसिर ५ गते शुक्रबारसम्म चल्नेछ । नक्सालस्थित अम्रपाली बैंक्वेटमा चल्नेछ । बिवाइडीका अनुसार नयाँ प्रविधियुक्त इलेक्ट्रिक सवारीसाधनप्रति ग्राहकको आकर्षण बढ्दै गएकाले यो योजना विशेष रूपमा ल्याईएको हो ।
मेलामा सहभागी भएर पुरानो सवारी साट्ने ग्राहकले विभिन्न विशेष सुविधा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार, एक्सचेन्ज कार्यक्रममा क्यास बेनिफिट र एक्सचेन्ज बोनस, १ वर्षको निःशुल्क अटो प्लस इन्स्योरेन्स, फ्री एक्सेसरीज तथा चार्जर, १० वर्षसम्म एप कनेक्सन र विस्तारित वारेन्टी, साथै फ्री रोड ट्याक्स जस्ता सुविधाहरू उपलब्ध हुनेछन् ।
यसबाहेक, मेलामा सहभागी ग्राहकहरू मध्येबाट चीन भ्रमणको लागि लक्की ड्र’ विजेता पनि छनोट गरिनेछ, जसले कार्यक्रममा थप आकर्षण थपेको छ । कम्पनीले पुरानो गाडी आधुनिक र स्मार्ट मोडलमा साटेर किफायती तथा वातावरणमैत्री यात्रा अनुभव गर्न सबैलाई आग्रह गरेको छ ।








Comments are closed.