काठमाडौं । अग्नि ग्रुपको गैरनाफामूलक संस्था अग्नि फाउण्डेशनले आफ्नो ३५औँ वार्षिकोत्सव विशेष समारोहका साथ काठमाडौंमा मनाएको छ । बुढानीलकण्ठमा आयोजित उक्त कार्यक्रममा फाउण्डेशनले कर्पोरेट सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (KIOCH) लाई महिन्द्रा एसयूभी४०० का दुई इलेक्ट्रिक एसयूभी हस्तान्तरण गरेको जनाएको छ ।
अग्नि फाउण्डेशनकी अध्यक्ष सुशान वैद्य श्रेष्ठले संस्थाको तीन दशकभन्दा बढीको यात्रामा समुदाय, साझेदार तथा स्टेकहोल्डरसँगै अघि बढ्न पाएकोमा खुशी व्यक्त गर्दै बाल स्वास्थ्य सेवा सुदृढीकरणमा यस सहयोगलाई अर्थपूर्ण कदम भनेकी छन् । उनले भनिन्, “काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ केवल स्वास्थ्य सेवा दिने स्थान मात्र होइन, यो आशा, भरोसा र भविष्य निर्माण हुने थलो हो । यस्तो महत्वपूर्ण संस्थालाई सहयोग गर्न पाउनु हाम्रो लागि गौरवको विषय हो ।”
त्यसैगरी, KIOCH का अध्यक्ष प्रा.डा. भगवान कोइरालाले विद्यालय स्वास्थ्य कार्यक्रम, जिल्ला स्वास्थ्य प्रणाली सुदृढीकरण तथा बालरोग पहिचान जस्ता विभिन्न समुदायमुखी स्वास्थ्य कार्यक्रमका लागि यी इलेक्ट्रिक सवारी उपयोगी हुने बताए । उनका अनुसार, “यी एसयूभीहरूको प्रयोगबाट हजारौँ बालबालिकाले प्रत्यक्ष लाभ पाउनेछन् । हाम्रो काम अझ प्रभावकारी र सहज बन्दै जानेछ, जसको लाभ अप्रत्यक्ष रूपमा पनि धेरै परिवारले लिन सक्नेछन् ।”
अग्नि ग्रुपले “Creating Value” भन्ने आफ्नो मूल मान्यताअन्तर्गत व्यवसायसँगै समुदायको विकासलाई पनि उत्तिकै प्राथमिकता दिने बताउँदै आएको छ । वातावरणमैत्री र दिगो यात्रामा उपयोगी महिन्द्रा एसयूभी४०० वाहनहरूले KIOCH का स्वास्थ्य तथा शिक्षा–केन्द्रित कार्यक्रमहरूको पहुँच विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने फाउण्डेशनले जनाएको छ ।
स्वास्थ्य, शिक्षा, खेलकुद र विपद्–व्यवस्थापनजस्ता क्षेत्रमा सक्रिय अग्नि फाउण्डेशनले यसअघि त्रिवि शिक्षण अस्पतालका पिआईसियु र एनआईसियु को मर्मत–सम्भार तथा स्तरोन्नति गरिसकेको छ । साथै, अस्पतालमा बसेका अभिभावकहरूका लागि ‘अग्नि विङ’ नामक सुविधायुक्त प्रतीक्षालय पनि स्थापना गरेको छ ।
KIOCH को उद्देश्य १८ वर्षसम्मका बालबालिकालाई अन्तर्राष्ट्रिय मानकअनुसार किफायती, गुणस्तरीय र समग्र स्वास्थ्य सेवा एकै स्थानमा उपलब्ध गराउनु रहेको छ। विशेषगरी कमजोर र जोखिममा रहेका समुदायका बालबालिकालाई समान अवसरसहित दीर्घकालीन स्वास्थ्य सेवा पहुँच सुनिश्चित गर्नु यस संस्थाको प्रमुख लक्ष्य हो ।
अग्नि समूहको यो सहयोग समुदायप्रति उन्मुख दिगो र उत्तरदायी संस्थागत भूमिकाको उत्कृष्ट उदाहरण भएको उल्लेख गर्दै फाउण्डेशनले ३५ वर्षको यात्राले व्यवसायिक सफलता मात्र होइन, समुदायसँगको सहयात्रा पनि सुदृढ बनेको जनाएको छ ।
अग्नि ग्रुपको गैरनाफामूलक संस्था अग्नि फाउण्डेशनले आफ्नो ३५औँ वार्षिकोत्सव विशेष समारोहका साथ काठमाडौंमा मनाएको छ । बुढानीलकण्ठमा आयोजित उक्त कार्यक्रममा फाउण्डेशनले कर्पोरेट सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (KIOCH) लाई महिन्द्रा एसयूभी४०० का दुई इलेक्ट्रिक एसयूभी हस्तान्तरण गरेको जनाएको छ ।
अग्नि फाउण्डेशनकी अध्यक्ष सुशान वैद्य श्रेष्ठले संस्थाको तीन दशकभन्दा बढीको यात्रामा समुदाय, साझेदार तथा स्टेकहोल्डरसँगै अघि बढ्न पाएकोमा खुशी व्यक्त गर्दै बाल स्वास्थ्य सेवा सुदृढीकरणमा यस सहयोगलाई अर्थपूर्ण कदम भनेकी छन् ।
उनले भनिन्, “काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ केवल स्वास्थ्य सेवा दिने स्थान मात्र होइन, यो आशा, भरोसा र भविष्य निर्माण हुने थलो हो । यस्तो महत्वपूर्ण संस्थालाई सहयोग गर्न पाउनु हाम्रो लागि गौरवको विषय हो ।”
त्यसैगरी, KIOCH का अध्यक्ष प्रा.डा. भगवान कोइरालाले विद्यालय स्वास्थ्य कार्यक्रम, जिल्ला स्वास्थ्य प्रणाली सुदृढीकरण तथा बालरोग पहिचान जस्ता विभिन्न समुदायमुखी स्वास्थ्य कार्यक्रमका लागि यी इलेक्ट्रिक सवारी उपयोगी हुने बताए ।
उनका अनुसार, “यी एसयूभीहरूको प्रयोगबाट हजारौँ बालबालिकाले प्रत्यक्ष लाभ पाउनेछन् । हाम्रो काम अझ प्रभावकारी र सहज बन्दै जानेछ, जसको लाभ अप्रत्यक्ष रूपमा पनि धेरै परिवारले लिन सक्नेछन् ।”
अग्नि ग्रुपले “Creating Value” भन्ने आफ्नो मूल मान्यताअन्तर्गत व्यवसायसँगै समुदायको विकासलाई पनि उत्तिकै प्राथमिकता दिने बताउँदै आएको छ । वातावरणमैत्री र दिगो यात्रामा उपयोगी महिन्द्रा एसयूभी४०० वाहनहरूले KIOCH का स्वास्थ्य तथा शिक्षा–केन्द्रित कार्यक्रमहरूको पहुँच विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने फाउण्डेशनले जनाएको छ ।
स्वास्थ्य, शिक्षा, खेलकुद र विपद्–व्यवस्थापनजस्ता क्षेत्रमा सक्रिय अग्नि फाउण्डेशनले यसअघि त्रिवि शिक्षण अस्पतालका पिआईसियु र एनआईसियु को मर्मत–सम्भार तथा स्तरोन्नति गरिसकेको छ । साथै, अस्पतालमा बसेका अभिभावकहरूका लागि ‘अग्नि विङ’ नामक सुविधायुक्त प्रतीक्षालय पनि स्थापना गरेको छ।
KIOCH को उद्देश्य १८ वर्षसम्मका बालबालिकालाई अन्तर्राष्ट्रिय मानकअनुसार किफायती, गुणस्तरीय र समग्र स्वास्थ्य सेवा एकै स्थानमा उपलब्ध गराउनु रहेको छ। विशेषगरी कमजोर र जोखिममा रहेका समुदायका बालबालिकालाई समान अवसरसहित दीर्घकालीन स्वास्थ्य सेवा पहुँच सुनिश्चित गर्नु यस संस्थाको प्रमुख लक्ष्य हो ।
अग्नि समूहको यो सहयोग समुदायप्रति उन्मुख दिगो र उत्तरदायी संस्थागत भूमिकाको उत्कृष्ट उदाहरण भएको उल्लेख गर्दै फाउण्डेशनले ३५ वर्षको यात्राले व्यवसायिक सफलता मात्र होइन, समुदायसँगको सहयात्रा पनि सुदृढ बनेको जनाएको छ ।
। अग्नि ग्रुपको गैरनाफामूलक संस्था अग्नि फाउण्डेशनले आफ्नो ३५औँ वार्षिकोत्सव विशेष समारोहका साथ काठमाडौंमा मनाएको छ । बुढानीलकण्ठमा आयोजित उक्त कार्यक्रममा फाउण्डेशनले कर्पोरेट सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (KIOCH) लाई महिन्द्रा एसयूभी४०० का दुई इलेक्ट्रिक एसयूभी हस्तान्तरण गरेको जनाएको छ ।
अग्नि फाउण्डेशनकी अध्यक्ष सुशान वैद्य श्रेष्ठले संस्थाको तीन दशकभन्दा बढीको यात्रामा समुदाय, साझेदार तथा स्टेकहोल्डरसँगै अघि बढ्न पाएकोमा खुशी व्यक्त गर्दै बाल स्वास्थ्य सेवा सुदृढीकरणमा यस सहयोगलाई अर्थपूर्ण कदम भनेकी छन् । उनले भनिन्, “काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ केवल स्वास्थ्य सेवा दिने स्थान मात्र होइन, यो आशा, भरोसा र भविष्य निर्माण हुने थलो हो । यस्तो महत्वपूर्ण संस्थालाई सहयोग गर्न पाउनु हाम्रो लागि गौरवको विषय हो ।”
त्यसैगरी, KIOCH का अध्यक्ष प्रा.डा. भगवान कोइरालाले विद्यालय स्वास्थ्य कार्यक्रम, जिल्ला स्वास्थ्य प्रणाली सुदृढीकरण तथा बालरोग पहिचान जस्ता विभिन्न समुदायमुखी स्वास्थ्य कार्यक्रमका लागि यी इलेक्ट्रिक सवारी उपयोगी हुने बताए । उनका अनुसार, “यी एसयूभीहरूको प्रयोगबाट हजारौँ बालबालिकाले प्रत्यक्ष लाभ पाउनेछन् । हाम्रो काम अझ प्रभावकारी र सहज बन्दै जानेछ, जसको लाभ अप्रत्यक्ष रूपमा पनि धेरै परिवारले लिन सक्नेछन् ।”
अग्नि ग्रुपले “Creating Value” भन्ने आफ्नो मूल मान्यताअन्तर्गत व्यवसायसँगै समुदायको विकासलाई पनि उत्तिकै प्राथमिकता दिने बताउँदै आएको छ । वातावरणमैत्री र दिगो यात्रामा उपयोगी महिन्द्रा एसयूभी४०० वाहनहरूले KIOCH का स्वास्थ्य तथा शिक्षा–केन्द्रित कार्यक्रमहरूको पहुँच विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने फाउण्डेशनले जनाएको छ ।
स्वास्थ्य, शिक्षा, खेलकुद र विपद्–व्यवस्थापनजस्ता क्षेत्रमा सक्रिय अग्नि फाउण्डेशनले यसअघि त्रिवि शिक्षण अस्पतालका पिआईसियु र एनआईसियु को मर्मत–सम्भार तथा स्तरोन्नति गरिसकेको छ । साथै, अस्पतालमा बसेका अभिभावकहरूका लागि ‘अग्नि विङ’ नामक सुविधायुक्त प्रतीक्षालय पनि स्थापना गरेको छ ।
KIOCH को उद्देश्य १८ वर्षसम्मका बालबालिकालाई अन्तर्राष्ट्रिय मानकअनुसार किफायती, गुणस्तरीय र समग्र स्वास्थ्य सेवा एकै स्थानमा उपलब्ध गराउनु रहेको छ। विशेषगरी कमजोर र जोखिममा रहेका समुदायका बालबालिकालाई समान अवसरसहित दीर्घकालीन स्वास्थ्य सेवा पहुँच सुनिश्चित गर्नु यस संस्थाको प्रमुख लक्ष्य हो ।
अग्नि समूहको यो सहयोग समुदायप्रति उन्मुख दिगो र उत्तरदायी संस्थागत भूमिकाको उत्कृष्ट उदाहरण भएको उल्लेख गर्दै फाउण्डेशनले ३५ वर्षको यात्राले व्यवसायिक सफलता मात्र होइन, समुदायसँगको सहयात्रा पनि सुदृढ बनेको जनाएको छ ।








Comments are closed.