नेपाटप अर्गनाइजेशन दोस्रो नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्ससँग जोडियो

काठमाडौं ।  निर्माण सामग्री उत्पादन तथा वितरण क्षेत्रमा परिचित ब्रान्ड नेपाटप अर्गनाइजेशन आगामी दोस्रो नेपाल प्रिमियर लिग (NPL) मा लुम्बिनी लायन्ससँग जोडिएको छ । मंसिर १ गतेदेखि काठमाडौंमा शुरु हुने लिगका लागि नेपाटप र लुम्बिनी लायन्सबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो । नेपाटप अर्गनाइजेशनका अध्यक्ष दीपक श्रेष्ठ र लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जी.सी.ले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात् लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जी.सी.ले नेपाटप जस्तो प्रतिष्ठित ब्रान्डसँगको साझेदारीले टोलिलाई अतिरिक्त ऊर्जा र मनोबल प्रदान गर्ने उल्लेख गर्दै खेलकुदमा निजी क्षेत्रको सहभागिता बढ्दै जानु सकारात्मक कुरा भएको बताए । उनले भने, “यो साझेदारीले क्रिकेट मात्र होइन, निजी–व्यवसायिक क्षेत्रलाई पनि खेलकुदमार्फत जोड्ने नयाँ आधार बनाउनेछ ।”

त्यसैगरी, नेपाटप अर्गनाइजेशनका अध्यक्ष दीपक श्रेष्ठले बुद्धभूमिको सन्देश बोकेको लुम्बिनी लायन्ससँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्दै क्रिकेट खेलको विकास, स्थानीय युवाको प्रतिभा प्रोत्साहन र समाजमा एकताको सन्देश फैलाउन कम्पनी निरन्तर प्रतिबद्ध रहने बताए ।

नेपाटप पछिल्लो समय खेलकुद प्रोत्साहनमा सक्रिय हुँदै आएको छ । कम्पनीले नेपाटप वाटर ट्याङ्क, PPR पाइप तथा फिटिङ्स, UPVC र CPVC पाइप तथा फिटिङ्स, HDPE पाइप, DWV पाइप, स्टेनलेस स्टील पाइप र ट्याङ्क, UPVC झ्याल–ढोका लगायतका विभिन्न निर्माण सामग्री उत्पादन गर्दै आएको छ। साथै, पानी तान्ने पम्प, ग्यास गिजर, इलेक्ट्रिक गिजरजस्ता सामग्री वितरण पनि गर्दै आइरहेको छ ।

हस्ताक्षर कार्यक्रममा नेपाटप अर्गनाइजेशनका प्रबन्ध निर्देशक अमृत प्रसाद दुवाल, वरिष्ठ बजार व्यवस्थापक विनोद महत, तथा लुम्बिनी लायन्सकी प्रमुख कार्यकारी अधिकृत भावना घिमिरे उपस्थित थिए । राष्ट्रिय टोलिका कप्तान रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्समा नेपालसहित अष्ट्रेलिया, अफगानिस्तान, नामिबिया र इटालीका अन्तर्राष्ट्रिय खेलाडीले सहभागी हुनेछन् ।

You might also like

Comments are closed.