सर्वोत्तम सिमेन्टले लाभांश पारित गर्न सातौँ साधारण सभा बोलायो

 काठमाडौं ।  सर्वोत्तम सिमेन्ट लिमिटेड ले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने लाभांश पारित गर्न आगामी मंसिर २६ गते साधारण सभा बोलाएको छ । कम्पनीले सभाको स्थान भैरहवास्थित होटल सिद्धार्थ भिलासा तोकेको छ। सभा बिहान ११:०० बजे सुरु हुनेछ ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ५% बोनस शेयर तथा कर प्रयोजनार्थसहित १५% नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव सभामा पेस गर्नेछ। साथै, प्रबन्धपत्र–नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अधिकार दिने र नयाँ लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि सभाको एजेन्डामा छन् ।

लाभांश तथा साधारण सभा प्रयोजनार्थ कम्पनीले मंसिर १२ गते बुक–क्लोज गर्ने निर्णय गरेको छ । त्यसअनुसार, मंसिर ११ गतेसम्म नेप्सेमा कारोबार भई नाम दर्ता भएका शेयरधनीले साधारण सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

You might also like

Comments are closed.