काठमाडौं । बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला ७०० रुपैयाँ र चाँदी ३५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन बुधबार यसको मूल्य २ लाख ४२ हजार ३०० रुपैयाँ थियो। पछिल्ला केही दिनयता सुनको मूल्य लगातार बढदै गएको छ।
यस्तै, चाँदीको मूल्य पनि आज बढेर प्रतितोला ३ हजार १८५ रुपैयाँ पुगेको छ । बुधबार चाँदी प्रतितोला ३ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।



Comments are closed.