स्वावलम्बन लघुवित्तको लाभांश घोषणा

काठमाडौं ।  स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड (SWBBL) ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। लघुवित्तले हाल कायम चुक्ता पूँजीको ५.६३६५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ४.३६३५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकले सोही दरका लाभांश वितरण गर्ने निर्णय गरेको हो । यस प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीलाई वितरण गरिने लघुवित्तले जनाएको छ ।

You might also like

Comments are closed.