मतदाता नामावलीमा भोलिसम्म नाम दर्ता गराउन सकिने

काठमाडौं । आगामी निर्वाचनका लागि भोलि शुक्रबारसम्म मतदाता नामावलीमा नाम दर्ता गराउन सकिने भएको छ । निर्वाचनको मिति तय गरेसँगै निर्वाचन आयोगले मतदाता नामावली फारम खुला गरेको थियो ।

सरकारले फागुन २१ गतेका लागि निर्वाचन तोकेपछि आयोगले नाम दर्ता प्रक्रियालाई तीव्र बनाएको हो । अब मतदाता नामावलीमा नाम दर्ता गराउन केवल एक दिन मात्र बाँकी रहेको आयोगले जनाएको छ ।

यसैबीच, प्रधानमन्त्री सुशीला कार्कीले सबै नागरिकलाई आफूलाई सहज हुने स्थानबाट आजकै दिन दर्ता गराई आफ्नो लोकतान्त्रिक अधिकार सुरक्षित गर्न आग्रह गरेकी छन् ।

You might also like

Comments are closed.