हाप्सा नेपालद्वारा दरबार हाई स्कुलमा सिपीआरचोकिंग तालिम

काठमाडौं । हाप्सा नेपालले दरबार हाई स्कुल, रानीपोखरीमा पहिलोपटक शिक्षक तथा विद्यार्थीलाई सिपीआर र चोकिंग प्राथमिक उपचार तालिम प्रदान गर्दै कम्युनिटी इमर्जेन्सी रेस्पोन्स टुलकिट (CERT) मोबाइल एपको उद्घाटन गरेको छ ।

‘सडक साथी’को प्राविधिक सहयोगमा विकसित नेपाली भाषाको CERT एपमा चोकिंग, रक्तश्राव, जलन, फ्र्याक्चर, कार्डियाक एरेस्टलगायत आपतकालीन अवस्थामा गर्नु पर्ने प्राथमिक उपचारका सरल भिडियोहरू समावेश छन् । एपका सामग्रीहरू ग्लोबल हेल्थ मिडिया प्रोजेक्टका भिडियोमा आधारित हुन् र हाप्सा नेपालले नेपाल–मैत्रीकरण गरेको हो  ।

उद्घाटन कार्यक्रममा ५० जना शिक्षक विद्यार्थीले व्यावहारिक सिपीआर र चोकिंग तालिम लिए । हाप्सा नेपालका संस्थापक डा. रामु खरेलले जीवनरक्षक सीपलाई राष्ट्रिय पाठ्यक्रममा समावेश गर्ने लक्ष्य राखेको बताए ।

हाप्साले हालसम्म ६५० भन्दा बढी सशस्त्र प्रहरीलाई तालिम दिइसकेको छ र विद्यालय तथा समुदायमा प्राथमिक उपचार सीप विस्तार गरिरहेको छ ।

You might also like

Comments are closed.