घट्यो सुनचाँदीको मूल्य,कतिमा हुँदैछ कारोबार ?

साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घटेको हो ।

यो गिरावट सँगै नेपाली बजारमा आज सुनको भाउ प्रतितोला २ लाख ४१ हजार ७ सय रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबारको दिन बिहिबार सुन प्रतितोला २ लाख ४३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि ८५ रुपैयाँले घटेको छ। सो गिरावट सँगै आज चाँदी प्रतितोला ३१ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

You might also like

Comments are closed.