काठमाडौं । टिकटकले २० नोभेम्बर २०२५ मा ‘Time and Well-being’ स्पेस सार्वजनिक गर्दै प्रयोगकर्ताहरूलाई स्वस्थ, सचेत र सन्तुलित डिजिटल बानी बनाउन सहयोग गर्ने नयाँ फिचरहरूको श्रृंखला प्रस्तुत गरेको छ ।
Family Pairing, Time Away र Meditation जस्ता पहिलेदेखिका सुविधालाई विस्तार गर्दै अब Affirmational Journal, Soothing Sound Generator र Breathing Exercises जस्ता टुलहरू जोडिएका छन्, जसले प्रयोगकर्तालाई दैनिक उद्देश्य सेट गर्न, विश्राम लिन र तनाव घटाउन मद्दत गर्छन् ।
यससँगै, टिकटकले Sleep Hours Mission, Daily Screen Time Badge, Weekly Report Mission र Well-being Ambassador Mission गरी चार नयाँ Well-being Missions पनि सुरू गरेको छ, जहाँ मिसन पूरा गर्दै जाँदा डिजिटल ब्याज प्राप्त गर्न सकिन्छ ।
Youth Council र Digital Wellness Lab को अनुसन्धानमा आधारित यी सुविधाहरूले रोकथामभन्दा सकारात्मक प्रोत्साहनलाई प्राथमिकता दिन्छन्, र प्रारम्भिक परीक्षणमा affirmation journal सबैभन्दा लोकप्रिय रहेको कम्पनीले जनाएको छ । प्रयोगकर्ताले सजिलै यो स्पेस भेटून् भनेर Screen Time Limit पुगेका बेला, Sleep Hours सक्रिय हुँदा, तथा Take A Break भिडियोहरूमा पनि सोही पेजको लिंक उपलब्ध गराइनेछ ।
टिकटकले वेल–बीइंग फिचरहरूलाई प्लेटफर्मकै दैनन्दिन अनुभवसँग एकीकृत गर्दै प्रयोगकर्तालाई मनोरञ्जनसँगै मानसिक स्वास्थ्य र डिजिटल सन्तुलनलाई समर्थन गर्ने वातावरण प्रदान गर्ने लक्ष्य राखेको छ ।




Comments are closed.