काठमाडौं । नेपालमा पहिलो पटक ग्लोबल म्याथ डिबेट लिग (जीएमडीएल) सुरु हुने भएको छ। एम्बार्क अनम्याथले आगामी जनवरी २०२६ मा नेपालमा जीएमडीएल आयोजना गर्न लागेको हो । गणितीय सोच र बहसलाई एउटै प्लेटफर्ममा ल्याउने यो कार्यक्रमको नलेज पार्टनरको रूपमा ब्रिटानिका एजुकेशन सहभागी रहेको छ ।
ग्लोबल म्याथ डिबेट लिगले गणितलाई केवल अंक र सूत्रको सीमाभन्दा बाहिर लगेर एक ‘विश्वव्यापी विचार–संवादको भाषा’का रूपमा प्रस्तुत गर्ने लक्ष्य राख्छ। यसमार्फत विद्यार्थीहरूलाई गणित प्रयोग गरेर बहस गर्न, सिर्जनात्मक सोच प्रस्तुत गर्न र वास्तविक जीवनसँग जोडेर बुझ्न प्रेरित गरिने आयोजकको भनाइ छ ।
एम्बार्क अनम्याथका सह–संस्थापक दिवेश बथिजाले जीएमडीएलको उद्देश्यबारे बताउँदै भने, “ग्लोबल म्याथ डिबेट लिग गणनाभन्दा बाहिरको गणित बुझ्ने यात्रा हो । यसले विद्यार्थीलाई विचारमा बहस गर्न, आफूलाई चुनौती दिन र गणितलाई नयाँ रूपले अनुभव गर्न प्रेरित गर्छ।”
देशभरका विद्यालयबाट ५ हजारभन्दा बढी विद्यार्थीहरू तीन चरण—स्क्रिनिङ राउन्ड, क्षेत्रीय छनोट र राष्ट्रिय फाइनल राउन्ड—मार्फत प्रतियोगितामा सहभागी हुनेछन् ।
कार्यक्रमका नलेज पार्टनर ब्रिटानिका एजुकेशनले २५० वर्षको ज्ञानलाई आधुनिक डिजिटल उपकरणसँग मिसाएर शिक्षण–सिकाइमा नवाचार ल्याउँदै आएको छ। विद्यालय तथा शिक्षकसँग सहकार्य गर्दै उनीहरूले आलोचनात्मक सोच, जिज्ञासा र सिकाइको गुणस्तर बढाउने सामग्री निर्माण गर्दै आएका छन् ।
सन् २०१२ मा स्थापना भएको अनम्याथ स्कूल गणितलाई अनुभवात्मक बनाउने क्षेत्रमा अग्रणी संस्थाका रूपमा परिचित छ । एम्बार्क अनम्याथले द ग्लोबल म्याथ डिबेट लिग, म्याथ म्याराथन र स्पेस म्याथ जस्ता कार्यक्रममार्फत सबै उमेरका विद्यार्थीलाई गणितलाई रोचक, अर्थपूर्ण र परिवर्तनकारी रूपमा बुझाउने लक्ष्य राखेको छ ।
थप जानकारीका लागि sales@embarkunmath.com वा +९७७–९७०७०८७९४४ मा सम्पर्क गर्न वा www.embarkunmath.com हेर्न सकिने जनाएको छ।




Comments are closed.