स्ट्यान्डर्ड चार्टर्ड बैंकले बोलायो ३९ औँ वार्षिक साधारण सभा

काठमाडौं ।  स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश पारित गर्न ३९ औँ वार्षिक साधारण सभा बोलाएको छ । बैंकले  भोली  सोमबार  भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा साधारण सभा आयोजना गर्ने भएको छ ।

साधारण सभाले हालको चुक्ता पूँजीको १९% दरले नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ । साथै, बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने, आगामी कार्यकालका लागि लेखापरीक्षक नियुक्त गर्ने लगायतका एजेन्डा पनि सभामा प्रस्तुत गरिनेछन् ।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर १६ गते बुकक्लोज गर्ने घोषणा गरेको छ । यसअनुसार मंसिर १५ गतेसम्म नेप्सेमा कारोबार भई नामावलीमा रहेका शेयरधनीहरूले साधारण सभामा सहभागी हुन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकको यो साधारण सभा आगामी आर्थिक योजनाहरू, नियमावली संशोधन र शेयरधनी प्रतिफलका दृष्टिले महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ ।

You might also like

Comments are closed.