सामसङको Warm Winter Offer सार्वजनिक

काठमाडौँ । सामसङ नेपालले यस जाडो महिनालाई सहज र आरामदायी बनाउन “Warm Winter Offer” सार्वजनिक गरेको छ । यो अफर नोभेम्बर २१ देखि जनवरी १४ सम्म देशभरका अधिकृत सामसङ रिटेलरहरूमा उपलब्ध हुनेछ ।

अफरअन्तर्गत वाशिङ मेसिन र रेफ्रिजिरेटरका विभिन्न मोडेलमा आकर्षक क्यासब्याक, छुट तथा सरल फाइनान्स सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ । ग्राहकहरूले ७ केजीदेखि १२ केजीसम्म क्षमताका AI Ecobubble Washer Dryer, Front Load, FATL र SATL वाशिङ मेसिनमा अधिकतम २३% क्यासब्याक प्राप्त गर्न सक्छन् । त्यस्तै, Single-door, Double-door र Side-by-Side Samsung Refrigerators मा अधिकतम १७% क्यासब्याक उपलब्ध छ ।

सामसङका वाशिङ मेसिन र रेफ्रिजिरेटरमा DIT मोटरको २० वर्षे वारेन्टी प्रदान गरिएको छ र सबै मोडेलमा निःशुल्क इन्स्टलेसन सुविधा पनि रहेको छ । साथै, सामसङ इन्स्टाफाइनान्स सेवा मार्फत ग्राहकहरूले ०% ब्याजदरमा सजिला ईएमआई विकल्पमा सामसङ होम अप्लायन्स प्राप्त गर्न सक्नेछन् ।

प्रक्रिया झन्झटमुक्त छ र ग्राहकलाई केवल आफ्नो नागरिकता प्रमाण आवश्यक पर्छ । नयाँ सामसङ टिभी वा होम अप्लायन्समा अपग्रेड गर्न चाहने ग्राहकहरूले आफ्नो पुराना उपकरणहरू अधिकृत सामसङ रिटेल स्टोर वा आर्कोस्टोरमार्फत एक्सचेन्ज गर्न सक्नेछन् ।

You might also like

Comments are closed.