कठमाडौं । एन आई सी एशिया बैंकका ग्राहकले काइरोप्रैक्टिक र म्यानुअल थेरापी केन्द्रमा सेवा लिँदा विशेष छुट उपलब्ध हुने सम्बन्धमा थेरापी सेन्टर र बैंकबीच सम्झौता सम्पन्न भएको छ ।
सम्झौता अनुसार बैंकका ग्राहकले बालुवाटार तथा त्रिपुरेश्वर, काठमाडौं र बुटवलमा रहेको उक्त सेन्टरका शाखाहरुमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट पाउनेछन् । सुविधाको उपयोग गर्न ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक ९ःयद्यबलप० एप मार्फत भुक्तानी गर्नुपर्ने छ ।
उक्त थेरापी सेन्टरसँगको यस सहकार्यले ग्राहकलाई स्वास्थ्य उपचारमा सहयोग हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।



Comments are closed.