नाडाद्वारा युरो–६ कार्यान्वयनबारे आयातकर्तालाई भन्सार जाँचपास गर्न आग्रह

काठमाडौं ।  नेपाल सरकारले नेपाल सवारी प्रदूषण मापदण्ड २०८२ (युरो–६) लागू गरिसकेसँगै यससँग सम्बन्धित आयात–नियममा रहेका व्यवस्थाबारे नाडाले जानकारी गराएको छ ।

बन तथा वातावरण मन्त्रालयले मिति २०८२/०३/०९ गते नेपाल राजपत्रमार्फत युरो–६ मापदण्ड औपचारिक रूपमा लागू गरेको थियो । सोही क्रममा, नेपाल सरकार अर्थ मन्त्रालयले मिति २०८२ असोज १० गतेको नेपाल राजपत्रमार्फत नयाँ मापदण्ड लागू हुनु अघि नै प्रोफर्मा इन्भ्वाइस जारी गरिएका सवारीसाधन, नेपालमै असेंबल वा उत्पादन हुने सवारीसाधन तथा ती सवारी उत्पादनमा प्रयोग हुने पार्टपूर्जाहरूका लागि विशेष व्यवस्था गरेको छ ।

सो व्यवस्था अनुसार युरो–६ लागू हुनु अघि प्रोफर्मा जारी भइसकेका तथा स्थानीय उत्पादन/असेम्बलमा रहेका सवारीसाधन वा पार्टपूर्जाहरूलाई आगामी २०७९ मङ्सिर १५ गतेसम्म पूर्ववत मापदण्ड (युरो–३/४/५) अनुसार नै पैठारी गर्न अनुमति प्रदान गरिएको छ ।

यस संदर्भमा नाडाले तोकिएको समयसीमा भित्र बाँकी सवारीसाधनहरूको भन्सार जाँचपास गर्न सम्बद्ध पक्षहरूलाई अनुरोध गरेको छ । साथै, सो व्यवस्था सहज कार्यान्वयनका लागि नाडाले बन तथा वातावरण मन्त्रालय तथा अर्थ मन्त्रालयमा आवश्यक पत्राचार र पहलहरू गरिसकेको समेत जनाएको छ ।

You might also like

Comments are closed.