सीजी मोटर्सद्वारा एक्सचेन्ज क्याम्पेन सार्वजनिक

काठमाडौं । नेपालमा XPENG इलेक्ट्रिक भेहिकलका अधिकृत वितरक सीजी मोटर्सले “XPENG XPERIENCE – Upgrade to Excellence” नामक नयाँ विशेष एक्सचेन्ज क्याम्पेन घोषणा गरेको छ। यो क्याम्पेन मार्फत ग्राहकहरूलाई पुरानो सवारीसाधन साटेर अत्याधुनिक XPENG EV मा सहज तथा लाभदायक अपग्रेड गर्ने उत्कृष्ट अवसर प्रदान गरिएको कम्पनीले जनाएको छ ।

अफरअन्तर्गत ग्राहकहरूले 440 Nm टर्क, एडभान्स्ड अटो–पायलट, अटो–पार्किङ प्रणाली, 5-Star Euro NCAP सुरक्षा रेटिङ तथा 50:50 वेट–डिस्ट्रिब्युसनसहितको स्मार्ट प्रिमियम इलेक्ट्रिक SUV—XPENG G6 मा अपग्रेड गर्न सक्नेछन्। कम्पनीका अनुसार G6 ले आधुनिक EV प्रविधि, उच्च प्रदर्शन र परिष्कृत ड्राइभिङ अनुभव प्रदान गर्दछ ।

ग्राहक सुविधा लक्षित यो क्याम्पेनमा ६.३% आकर्षक ब्याजदर, विशेष क्यास लाभ, १ वर्षको इन्स्योरेन्स (Autoplus), १ वर्षको रोड–ट्याक्स, प्रिमियम एसेसोरिज, ६.६ kW वाल–माउन्ट चार्जर, ३.३ kW ट्राभल चार्जर तथा Black+Decker कार वासर र भ्याकुम क्लिनर समावेश छन्। कम्पनीका अनुसार यी सुविधाले EV Ownership अनुभव पहिलो दिनदेखि नै सहज, सुरक्षित र सुविधाजनक बनाउँछ ।

क्याम्पेन अवधिभर टेस्ट ड्राइभ गर्ने हरेक ग्राहकलाई विशेष गिफ्ट ह्याम्पर प्रदान गरिने पनि सीजी मोटर्सले जनाएको छ ।

उच्च प्रविधि, भविष्यउन्मुख डिजाइन र ग्राहक सन्तुष्टिमा केन्द्रित सेवासहित XPENG नेपालमा इलेक्ट्रिक मोबिलिटीको नयाँ मापदण्ड स्थापित गर्दै अघि बढिरहेको कम्पनीको दाबी छ ।

You might also like

Comments are closed.