काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार २ लाख ४४ हजार ६ सयमा कारोबार भइरहेको सुन आज २ लाख ४२ हजार ७ सयमा कारोबार भइरहेको छ ।
आज सुन १ हजार ९ सय रुपैयाँले घटेको हो । त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । तोलामा २० रूपैयाँले घटेर चाँदी ३ हजार १ सय १५ रूपैयाँमा कारोबार भइरहेकोे छ ।


Comments are closed.