काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदी दुवैको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य एकैदिन तोलामा २,२०० रुपैयाँले बढेको छ ।
सोमबार तोलाको २ लाख ४२ हजार ७०० रुपैयाँ रहेको छापावाल सुन मंगलबार बढेर २ लाख ४७ हजार ९०० रुपैयाँ पुगेको महासंघले जनाएको छ । यस्तै, चाँदीको मूल्य पनि वृद्धि भएको छ ।
सोमबार तोलाको तीन हजार,एक सय १५ रुपैयाँ रहेको चाँदी मंगलबार तीन हजार, दुई सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।बजारमा लगातारको उतार–चढावका बीच मंगलबार देखिएको यो वृद्धि हालसालैका दिनहरूमा दर्ज भएको उल्लेखनीय वृद्धि मानिएको छ ।



Comments are closed.