काठमाडौं । सीजी मोटर्सले नेपालमा आयन ब्रान्डका ईभीहरूलाई थप सहज र आकर्षक बनाउने उद्देश्यसहित “The eXtraordinary Change Offer” सार्वजनिक गरेको छ ।
यस अफरअन्तर्गत आयन वाई वा आयन भी मोडेलमा अपग्रेड गर्न चाहने ग्राहकहरूले ६.३% ब्याजदर, क्यास बेनिफिट, एक्सचेन्ज बोनस तथा Black Decker कार वाशर र भ्याकुम क्लिनर जस्ता आकर्षक उपहार प्राप्त गर्न सक्छन् ।
साथै, ६.६ किलोवाट वाल माउन्ट चार्जर, ३.३ किलोवाट ट्राभल चार्जर, १ वर्षको रोड ट्याक्स, १ वर्षको अटोप्लस इन्स्योरेन्स र आवश्यक एक्सेसरिज पनि समावेश गरिएको छ, जबकि टेस्ट ड्राइभ गर्ने हरेक ग्राहकलाई विशेष गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।
आयन वाईले ५०० किलोमिटर रेन्ज सहित ६१.३ किलोवाट आवर म्यागजिन ब्याट्री प्रदान गर्छ भने आयन भी एलिट मोडेलले ५२० किलोमिटर रेन्ज र म्यागजिन ब्याट्रीसहित आफ्नो सेग्मेन्टमै उत्कृष्ट सुविधा दिन्छ । आयन भी लक्जरी मोडेलले ६५० किलोमिटर रेन्ज, ७५.३ किलोवाट आवर ब्याट्री, ८–प्वाइन्ट मसाज सिट तथा ६.६ लिटर क्षमताको इन–बिल्ट फ्रिज जस्ता प्रिमियम फिचरहरू प्रदान गर्छ ।
यी मोडेलहरू क्रमशः रु ५८.५० लाख, रु ६४.९९ लाख र रु ६९.९९ लाख मूल्यमा उपलब्ध छन् । विश्वभर अत्याधुनिक प्रविधि र डिजाइनका लागि परिचित आयनले एशिया, युरोप र मध्यपूर्वमा आफ्नो उपस्थिति विस्तार गर्दै ईभी क्षेत्रमा नयाँ मापदण्ड स्थापित गरिरहेको छ, भने नेपालमा सीजी मोटर्स र आयनले स्वच्छ, स्मार्ट र दिगो भविष्यमुखी परिवहन प्रवर्द्धन गर्ने लक्ष्यसहित सेवा विस्तार गरिरहेका छन् ।





Comments are closed.