सामान्य अंकले बढेर बन्द भएको नेप्से परिसूचकको कारोबार रकम कति ?

काठमाडौं । मंगलबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । पछिल्ला दुई कारोबार दिनदेखि बढेको नेप्सेले यस दिन पनि उही क्रमलाई निरन्तरता दिएको हो । यस दिन नेप्से परिसूचक ५.३२ अंक बढेर २६५५.९९ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.३९ अंक, फ्लोट इण्डेक्स ०.४० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४१ अंकले बढेको छ ।

तर, नेप्से बढेपनि कारोबार रकममा भने कमी आएको छ । सोमबार ७ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको बजारमा मंगलबार ३१९ स्टकको १ लाख २ हजार ६४२ पटकको कारोबारमा ५ अर्ब ८२ करोड ३० लाख २८ हजार रुपैयाँबराबरको १ करोड १९ लाख ७६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

यस दिन झापा इनर्जी, सागर डिष्टिलरी र श्रीनगर एग्रीटेक इन्डष्ट्रीजको शेयर सकारात्मक सर्किट स्तरमा कारोबार भएको छ । स्वस्तिक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ भने बन्दीपुर केबलकार एण्ड टुरिजमको शेयर मूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको जोशी हाइड्रोपावरको शेयर मूल्य सर्वाधिक ४.९६ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा बन्दीपुर केबलकार एण्ड टुरिजम शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २६ करोड ९९ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ । त्यस्तै, हिमालयन रि–इन्स्योरेन्सको २४ करोड रुपैयाँभन्दा बढी र ङादी ग्रुप पावरको २० करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।

उपसमूहको प्रदर्शन हेर्दा १३ मध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको घटेको छ । होटल तथा पर्यटन उपसमूहको परिसूचक १.४० प्रतिशतले सर्वाधिक बढेको छ भने उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले बढेको छ। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक १.३३ प्रतिशतले सर्वाधिक घटेको छ ।

You might also like

Comments are closed.