काठमाडौं । आज नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री डा. महावीर पुनलाई सिंहदरबारस्थित कार्यकक्षमा भेट गरी वैदेशिक शिक्षा क्षेत्रका समग्र समस्या, चुनौति तथा सुधार आवश्यकताबारे विस्तृत जानकारी गराएको छ ।
संघले विशेषगरी शैक्षिक परामर्श संस्थाहरूका लागि नविकरण शुल्क ३,००० रुपैयाँबाट एकैपटक २०,००० रुपैयाँसम्म वृद्धि गरिएको निर्णय असान्दर्भिक रहेको उल्लेख गर्दै उक्त विषयमा पुनर्विचार गर्न इक्यानका अध्यक्ष शेषराज भट्टराईको नेतृत्वमा गएका इक्यानको टोलीले शिक्षामन्त्रीलाई औपचारिक ध्यानाकर्षण पत्र बुभाएका हुन् ।
यस निर्णयले सेवा प्रदायकहरूमा पर्ने आर्थिक भार, क्षेत्रको व्यवस्थित विकासमा देखिन सक्ने अवरोध तथा विद्यार्थीले पाउने सेवामा पर्न सक्ने असरबारे पनि इक्यानले मन्त्रीसमक्ष विस्तृतरूपमा प्रस्तुत गरेको संघले जनाएको छ ।



Comments are closed.