बुटवल । टाइम्स एजुकेशनल कन्सल्टेन्सीले बुटवलको ट्राफिक चोकमा नयाँ शाखा संचालनमा ल्याएको छ । हालै सम्पन्न एक कार्यक्रमबीच कन्सल्टेन्सीका सञ्चालक प्रेम सुवेदीले औपचारिक रूपमा नयाँ शाखाको उद्घाटन गरेका हुन् । पोखराको चिप्लेढुङ्गामा केन्द्रीय कार्यालय रहेको कन्सल्टेन्सीको पहिलो शाखा काठमाडौंको पुतलीसडकस्थित शंकरदेव क्याम्पस चोकमा रहेको छ । यस नयाँ शाखा मार्फत बुटवल र आसपासका विद्यार्थीलाई विदेश अध्ययनसम्बन्धी सहज परामर्श सेवा उपलब्ध गराइनेछ ।
कन्सल्टेन्सीले अमेरिका, अष्ट्रेलिया, वेलायत, फ्रान्स लगायतका देशमा अध्ययनका लागि जान चाहने विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्दै आएको छ । सञ्चालक सुवेदीका अनुसार विदेश अध्ययनको परामर्शसँगै आइएलटीएस, पीटीई तथा फ्रेन्च भाषाका कक्षाहरू पनि सञ्चालन गरिनेछन् । उद्घाटनका अवसरमा, पहिलो हप्तामा भर्ना हुने विद्यार्थीहरूका लागि आइएलटीएस, पीटीई र फ्रेन्च भाषाका सबै कक्षाहरू निःशुल्क उपलब्ध गराइने जानकारी दिइएको छ ।
बुटवल शाखाका व्यवस्थापक विशाल बरालले भने, “विद्यार्थीको चाहना र आवश्यकताअनुसार अध्ययन गन्तव्य चयनदेखि कागजी प्रक्रिया सहज बनाउन शाखाले पूर्ण सहजीकरण सेवा प्रदान गर्नेछ । यहाँबाट विभिन्न देशका विश्वविद्यालय तथा कलेजका लागि पनि परामर्श उपलब्ध हुनेछ ।”






Comments are closed.