काठमाडौं । सुजुकी मोटरसाइकल नेपालले आफ्नो लोकप्रिय एड्भेन्चर मोटरसाइकल V-Strom SX का दुई नयाँ रङ भेरियन्टहरू सार्वजनिक गरेको छ । नयाँ भेरियन्टहरूमा Pearl Fresh Blue + Glass Sparkle Black र Pearl Glacier White + Metallic Mat Stellar Blue समावेश छन् ।
V-Strom SX नेपालमा सबैभन्दा किफायती २५०cc जापानी एड्भेन्चर मोटरसाइकलमध्ये एक हो । यसको मिश्रित सडक अवस्थामा करिब ४० किलोमिटर प्रति लिटर को प्रभावशाली माइलेज रहेको कम्पनीले जनाएको छ ।
यो मोटरसाइकल बहुउपयोगिता लक्षित गरी निर्माण गरिएको हो, जसले हल्का अफ–रोड, ग्राभेल र असमान बाटोहरू सजिलै सामना गर्न सक्छ । सानो सीट र अत्यधिक लामो सस्पेन्सन भएका शुद्ध अफ रोड मोटरसाइकलहरूले राजमार्गमा झट्का दिन सक्ने भए पनि, V-Strom SX ले उत्कृष्ट स्थिरता र लामो यात्रामा आरामदायी अनुभव प्रदान गर्छ ।
शहरदेखि लामो टुरसम्म नेपालका विविध सडक अवस्थाका लागि V-Strom SX एक आदर्श विकल्पको रूपमा प्रस्तुत भएको कम्पनीले बताएको छ ।




Comments are closed.