सामान्य अंकले बढ्यो सेयर बजार

काठमाडौं । बुधबार सेयर बजार सामान्य अंकले बढेको छ । मंगलबार ५.३२ अंकले बढेको सेयर बजार मापक नेप्से परिसूचक आज ९.६१ अंकले बढेर २६ सय ६५ दशमलव ६० बिन्दुमा पुगेको छ । नेप्से परिसूचक सँगै आज कारोबार रकम पनि बढेको छ ।

यसदिन ३२२ कम्पनीको १ करोड ३६ लाख २० हजार ८३८ कित्ता सेयर ६ अर्ब ६९ करोड २९ लाख ७१ हजारमा कारोबार भएको छ । हिजो ३१९ कम्पनीको १ करोड १९ लाख ७६ हजार ७८० कित्ता सेयर ५ अर्ब ८२ करोड ३० लाख २८ हजार रूपैयाँमा कारोबार भएको थियो ।

यसदिन फाइनान्स, लगानी, जीवन बीमा, म्युच्युअल फण्ड र निर्जीवन बीमा समुहका सेयर घटेका छन् भने बाँकी सबै समुहका सेयर बढेका छन् ।

आज १४२ कम्पनीको सेयर बढेकोमा झापा इनर्जी लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने सागर डिष्टिलरी, स्वस्तिक लघुवित्तको सेयर मूल्य ९।९९ प्रतिशत बढेको छ । यस्तै श्रीनगर एग्रीटेक इन्डष्ट्रज, रिभर फल्स पावर र माहुली लघुवित्तको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरै बढेको छ ।

 

You might also like

Comments are closed.